५० मेघावाटको मर्स्याङदी बेसी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । सिटिजन्स बैंक इन्टरनेश्नलको अगुवाईमा बैंकहरुले सो आयोजनामा ७ अर्ब ५० करोड रुपैयाँख ऋण लगानी गर्ने भएका हुन् ।

सो सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । आयोजनाको प्रबर्द्धक कम्पनी दिव्यज्योती हाइड्रोपावर लिमिटेड र लगानीकर्ता बैंकहरुबीच आयोजनाको वित्ती व्यवस्थापनका लागि सह वित्तीयकरण कर्जा सम्झौता भएको हो ।

लम्जुङको मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिकामा निर्माण हुने परियोजनाको अनुमानित कूल लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ । सो आयोजना आगामी ४ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको विद्युत नेपाल विद्युत प्राधिकरणको उदीपूरस्थित सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।