• Home
  • घर जग्गा
  • घरजग्गा कारोबारको अनुमति ६९ कम्पनीसँग मात्र
Image

घरजग्गा कारोबारको अनुमति ६९ कम्पनीसँग मात्र

सरकारले घरजग्गा कारोबार गर्न अनिवार्य अनुमतिपत्र लिने व्यवस्था गरे पनि हालसम्म ६९ कम्पनीले मात्रै लिएका छन् । सरकारले देशभरका महानगरपालिका र उपमहानगरपालिकाभित्र ३ करोडभन्दा माथिको थैली अंक भएको घरजग्गा कारोबार गर्न अनिवार्य रूपमा अनुमतिपत्रको व्यवस्था गरेको हो ।

हालसम्म १ सय ५९ कम्पनी लाइसेन्स लिन योग्य भए पनि राजस्व बुझाइनसकेकाले ६९ कम्पनीलाई मात्रै जारी गरिएको भूमि व्यवस्थापन अभिलेख विभागका मालपोत तथा भूमिसुधार शाखाका निर्देशक खिमानन्द आचार्यले बताए ।

इजाजतपत्र दिने तय भएपछि उक्त फर्म वा कम्पनीले एक पटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्नेको हकमा पाँच लाख रुपैयाँ र एक पटकमा पाँच करोड रुपैयाँभन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्नेको हकमा १० लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने मालपोत नियमावली, २०३६ मा उल्लेख छ । ‘९० वटा कम्पनी लाइसेन्स दिन योग्य भए पनि उनीहरूले राजस्व तिरिसकेका छैनन्,’ आचार्यले भने ।

३८ मध्ये केहीको कागजात आइरहेको र केहीको भेरिफिकेसन हुन बाँकी रहेको उनको भनाइ छ । लाइसेन्स पाइसकेका कम्पनीहरूले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाभित्र कारोबार गर्न पाउनेछन् ।

विभागले ११ फागुनमा सूचना जारी गर्दै २५ फागुनदेखि कम्पनीबाट मात्रै अनिवार्य कारोबारको व्यवस्था गरेको थियो । तर विभागले १९ फागुनमा सूचना जारी गर्दै लाइसेन्स पाएका कम्पनीले भू–सेवा केन्द्र सञ्चालनको अनुमति नलिएसम्मका लागि स्थगित गरेको छ । भू–सेवा केन्द्र सञ्चालन गरी भू–सूचना प्रणालीको माध्यमबाट घरजग्गासम्बन्धी कारोबार गर्नुपर्ने कानुनी व्यवस्था छ । लाइसेन्स पाएका कम्पनीले भू–सेवा केन्द्र सञ्चालनको अनुमति नलिएसम्मका लागि यसअघि गरिएको परिपत्र तत्काललाई स्थगित गरिएको हो ।

Releated Posts

पश्चिम एसियाली तनावको असर: बिटुमिन अभावले सडक निर्माण ठप्प, ‘निर्माण होलिडे’को चेतावनी

अमेरिका-इजरायल र इरानबीचको बढ्दो तनावले इन्धन आपूर्तिमा अवरोध आउँदा नेपालमा पूर्वाधार निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ।…

ByByadmin अप्रिल 19, 2026

हेटौंडा सिमेन्ट उद्योग बन्द

हेटौंडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र…

ByByadmin अप्रिल 16, 2026

राष्ट्रिय आर्थिक गणना शुरु

राष्ट्रिय आर्थिक गणना २०८२ आज शुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर दोश्रो आर्थिक…

ByByadmin अप्रिल 15, 2026

खर्च हुन नसकेपछि बजेटको आकार घटाईयो

स्रोत जुटाउन र खर्च गर्न नसकेपछि सरकारले चालु आर्थिक वर्षमा विनियोजित बजेटको आकार घटाएको छ । अर्थमन्त्री रामेश्वर खनालले…

ByByadmin फेब 11, 2026