रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीच प्राकृतिक ग्यास पाइपलाइन परियोजनालाई पुनः अघि बढाउने योजनामा सहमति जनाएका छन् । यद्यपि, परियोजनाको विस्तृत विवरण वा निर्माण सम्पन्न हुने समयसीमा भने हालसम्म सार्वजनिक गरिएको छैन ।
यसअघि नै सहमति भएको उक्त परियोजना वर्षौंदेखि रोकिएको थियो । तर, पुटिनका एक सहयोगीका अनुसार दुवै देश पाइपलाइनबारे सामान्य समझदारीमा पुगेका छन् ।
बेइजिङमा भएको भेटवार्ताका क्रममा पुटिन र सीले व्यापार, प्रविधि तथा बहुध्रुवीय विश्व व्यवस्थासम्बन्धी घोषणासहित २० भन्दा बढी सम्झाैतामा हस्ताक्षर गरेका छन् ।
दुवै देशले जारी गरेको लामो संयुक्त वत्तव्यमा रुसबाट चीनमा हुने ग्यास आपूर्तिबारे उल्लेख गरिएपनि मस्को–बेइजिङ सम्बन्धमा कुनै ठूलो नयाँ उपलब्धि हासिल भएको संकेत भने देखिएको छैन ।
बीबीसी मोनिटरिङका प्रमुख विश्लेषकका अनुसार चिनियाँ लगानी र प्रविधिको सहयोगबिना पुटिन शासनको अस्तित्व नै संकटमा पर्न सक्ने अवस्था रहेको छ । तर, चीनले आफ्नो भाषाशैलीमा सावधानी अपनाइरहेको छ, किनकि सी जिनपिङ मस्कोसँग नजिक देखिन चाहन्छन्, तर अत्यधिक नजिक पनि होइन ।
रुस र चीनले “असल छिमेकी सम्बन्ध, मित्रता र सहकार्यलाई गहिरो बनाऊने” विषयमा जारी गरेको संयुक्त वत्तव्यमा विश्वभर भइरहेका विभिन्न सैन्य हस्तक्षेपहरूको आलोचना गरिएको छ । ऊक्त वत्तव्यले पछिल्ला छ महिनामा इरान र भेनेजुएलामा अमेरिकाले गरेका गतिविधिलाई संकेत गरेको देखिन्छ ।
सी र फुटिनले “अन्य देशमाथि गरिने विश्वासघाती सैन्य आक्रमण, त्यस्ता आत्रमणको तयारीलाई वार्ताको आवरणमा लुकाउने कार्य, सार्वभौम राष्ट्रका नेताहरूको हत्या, ती देशहरूको आन्तरिक राजनीतिक अवस्थालाई अस्थिर बनाउने प्रयास तथा शासन परिवर्तन गराउने उद्देश्यले गरिने उक्साहट र राष्ट्रिय नेताहरूलाई जबर्जस्ती पक्राउ गर्ने गतिविधि” को आलोचना गरेका छन् ।
उनीहरूले यस्ता कार्यहरूले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तहरूको गम्भीर उल्लंघन गर्ने र दोस्रो विश्वयुद्धपछि बनेको विश्व व्यवस्थाको आधारलाई अपूरणीय क्षति पुर्याउने बताएका छन् ।
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालपछि हालको विश्व व्यवस्थामाथि प्रश्न उठिरहेका बेला सी र पुटिन आफूलाई नयाा अन्तर्राष्ट्रिय व्यवस्थाका अगुवाका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् ।
बीबीसी मोनिटरिङका प्रमुख विश्लेषक विताली शेझचेन्कोका अनुसार रुस र चीनबीचको संयुक्त वत्तव्य लामो भए पनि त्यसमा कुनै ठूला नयाा सहमति वा उपलब्धि देखिदैन।
रुसी ग्यास आपूर्तिको मुख्य विषयमा वक्तव्यले केवल राष्ट्रपति पुटिन र सीले ऊर्जा क्षेत्रमा “व्यापक साझेदारी सम्बन्धलाई अझ गहिरो बनाउने” तथा तेल, ग्यास र कोइलाको क्षेत्रमा “पारस्परिक लाभदायी सहकार्य विस्तार गर्ने” सहमति जनाएको उल्लेख गरेको छ ।
युक्रेन युद्धबारे रुस र चीनले “संघर्षका मूल कारणहरू हटाउनुपर्ने” बताएका छन्, जुन वाक्यांश रुसले आफ्नो आक्रमणलाई उचित ठहर गर्न फ्रयोग गर्दै आएको छ ।
संयुक्त वत्तव्यमा संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ, जसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेर सुरु गरिएको युद्धलाई चीनले खुला समर्थन गर्न अझै हिच्किचाइरहेको संकेत गरेको विश्लेषण गरिएको छ ।
टिप्पणी थप्नुहोस्