नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा काठमाडौंमा जारी छ । साधारणसभाको अर्थमन्त्री डा.स्वर्णिमा वाग्लेले उद्घाटन गर्नुभयो ।

ग्वार्कोको होटल रोयल टुलिपमा जारी महाधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका लागि भोलि मतदान हुनेछ । महासंघको विधानअनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष हुनेछन् भने अन्य पदका लागि निर्वाचन हुँदैछ ।

यसअघि चैत २९ र ३० गते हुने तय भएको साधारणसभा सदस्यता विवाद आएसँगै अदालतमा पुगेको थियो ।

अदालतले विवाद नटुंगिएसम्म साधारण सभा रोक्न भनेकोमा महासंघले विवाद टुंगाएर नयाँ मितिमा साधारणसभा गरेको हो ।
महासंघको निर्वाचन भने कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने तय भएको छ ।