नेपाल उद्योग वाणिज्य महासंघकाे नेतृत्व अन्जन श्रेष्ठले औपचारिक रूपमा आजबाट सम्हालेका छन् ।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्र ढकालले श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, व्यवसायी तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
महासंघको ६०औँ साधारणसभा तथा निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ नेतृत्वले उद्योग, व्यापार तथा लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको आवाजलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

टिप्पणी थप्नुहोस्