प्रतिनिधिसभामा अवरोधबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित
admin·
जेठ ७, २०८३ ·
1 मिनेट पढाई ·
121 पटक पढियो
प्रतिपक्षी दलहरूको अवरोधबीच प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ।
बैठकमा विपक्षी दलहरूले विरोध जनाउँदै अवरोध गरे पनि सभामुख डोलप्रसाद अर्यालले कार्यवाही अघि बढाए। अवरोधकै बीच उनले विधेयक सदनको अंग बनेको घोषणा गरे।
त्यसपछि अर्थमन्त्री डा. स्वणिम वाग्लेले विधेयक पारितका लागि प्रस्तुत गरे। सभामुख अर्यालले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि अन्ततः विधेयक पारित भएको हो।
टिप्पणी थप्नुहोस्